खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वचछता तथा गुणस्तर कायममा टेवा पुर्याउने हेतु उपभोक्ता तथा सरोकारवालाहरु को गुनासो सम्वोधनका लागी यस पोर्टल तयार गरेको छ । यस पोर्टलमा खाद्य वस्तुको गुणस्तर तथा स्वच्छता मा संका लागेमा, होटल रेष्टुरेण्टको सरसफाइ तथा खाद्य वस्तुको गुणस्तरमा संका लागेमा, दाना पदार्थको गुणस्तरमा संका लागेमा तथा विभाग तथा मातहतका कार्यालयहरुवाट प्रदान गरिने सेवामा ढिलासुस्ती तथा कैफियत भेटिएमा यस पोर्टल मार्फत उजुरी गर्न सकिने छ । प्राप्त गुनासो खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ववरमहल काठमाण्डौमा प्राप्त हुने र तत् पश्चात सम्वन्धीत महाशाखा शाखा वा कार्यालयहरुवाट गुनासो संवोधन हुने व्यवस्था मिलाइएको छ । खाद्य स्वच्छता तथा गुण नियन्त्रण कायम राख्न विभागवाट हुदै गरेको उजुरी गुनासो सम्वोधन सुचना प्रविधिको उपयोग गरि यस पोर्टल मार्फत थप प्रभावकारी कार्यान्वयन हुने विभागले अपेक्षा लिएको छ । यस पोर्टल मार्फत सहि सुचना तथा आफ्नो आफ्नो क्षेत्रमा भएका खाद्य स्वच्छता तथा गुणस्तर सम्वन्धी समस्या तथा गुनासो देशै भरवाट पठाइ खाद्य स्वच्छता तथा गुण नियन्त्रण कार्यमा सहयोग गर्नुहुन संपुर्ण महानुभावहरुमा विभाग अनुरोध गर्दछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको वारेमा थप जानकारी विभागको वेवसाइट Department of Food Technology and Quality Control(dftqc.gov.np) मार्फत प्राप्त गर्न सकिनेछ।